काठमाडौं ।
अज्ञात समूहले खाल्डे प्रहरी चौकीमा गए राति आक्रमण गरेका गरेका छन् ।
जिल्लाको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो चौकीमा मोटरसाइकलमा आएका १०/१२ जनाको समूहले आक्रमण गर्दा दुई जना प्रहरी घाइते भएका इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।
घाइते प्रहरी सहायक निरीक्षक सन्तोषकुमार झालाई थप उपचारार्थ काठमाडौँ लगिएको र प्रहरी हवल्दार हरिबहादुर मगरको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको उनले बताए ।
आक्रमणकारी मध्येका एक सुनखानीका सोम थिङ लाई प्रक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै घटनाको थप अनुसन्धान भइरहेको निरीक्षक तामाङले जानकारी दिए।
रासस





























प्रतिक्रिया