काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) यस क्षेत्रका जनताको साझा पहिचान भएको बताएका छन् ।
काठमाडौंमा रहेको सार्क सचिवालयको भ्रमण गर्दै प्रधानमन्त्री ओलीले सार्क दक्षिण एसियाली जनताको साझा पहिचान भएको बताए । उनले सार्कको १९ औं शिखर सम्मेलन चाँडै आयोजना हुने विश्वास पनि व्यक्त गरे । सार्कको अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्न आफू आतुर रहेको उल्लेख गर्दै ओलीले १९ औं सम्मेलनका लागि सबै सदस्य राष्ट्रहरुबीच सहमति जुट्ने विश्वास पनि व्यक्त गरे ।
सार्कका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सार्कका सिद्धान्त र उद्देश्यप्रति सार्क राष्ट्रका प्रमुखहरुले प्रतिवद्धता जनाएको पनि उल्लेख गरे । प्रधानमन्त्री ओलीले सचिवालय परिसरमा रुद्राक्षको विरुवा समेत रोपेका छन् ।





























प्रतिक्रिया