भन्सार सदाचार अनुभूति सर्वेक्षणमा नाडाको सहभागिता  

भन्सार सदाचार अनुभूति सर्वेक्षणमा नाडाको सहभागिता  

केन्द्रबिन्दु
0
Shares

नेपाल अटोमोवाइल एसोसिएसन अफ नेपाल (नाडा) ले भन्सार सदाचार अनुभूति सर्वेक्षणमा सहभागिता जनाएको छ । कार्यक्रममा नाडाका पदाधिकारी तथा कार्यसमिती सदस्यहरूले सहभागिता जनाएको नाडाका अध्यक्ष कृष्ण दुलालले जानकारी दिए ।

नाडाले भन्सारको विकास र सहज प्रकियाका लागि सल्लाह सुझाव दिएको छ । नाडाले सहज भन्सार प्रक्रियाले व्यवसायलाई पनि सहज र व्यवस्थित बनाउने बताउँदै आएको छ ।

सर्वेक्षण कार्यक्रम विश्व भन्सार संगठनले आयोजना गरेको हो । भ्रस्टाचार बिरुद्ध र सदाचार प्रवर्द्धन कार्यक्रम अन्तर्गत संगठनले सर्वेक्षण कार्यक्रम संचालन गर्दै आएको छ । कार्यक्रममा भन्सारका कर्मचारी र निजी क्षेत्रका सरोकारवालाहरूलाई सहभागिता गराइन्छ ।

Logo