भन्सार छलेर ल्याइएका ३५ लाख मूल्यका मोबाइल बरामद

भन्सार छलेर ल्याइएका ३५ लाख मूल्यका मोबाइल बरामद

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

नेपाल प्रहरीले बुधबार भन्सार छलेर ल्याइएको १०७ थान मोबाइल फोन बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख १५३४ र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ७३९५ नं. को बस जाँचका क्रममा ती मोबाइल बरामद गरेको हो ।

प्रभागका प्रमुख प्रहरी निरीक्षक हेमन्त थापाले दुई बसमा जाँचका क्रममा ३५ लाख मूल्य बराबरको मोबाइल बरामद गरेको जानकारी दिए । “चालक बस्ने सिट पछाडि सेतो टेपले बेरेर ल्याएको अवस्थामा बरामद गरेका हौँ”, उनले भने । ती फोनका सेटलाई अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय सानोगौचरन पठाइएको प्रहरीले जनाएको छ ।
रासस

Logo