एकैरात दूई एनसेल टावरमा आगजनी, जितपुर फेदीकाे आगजनी हल्ला मात्रै

एकैरात दूई एनसेल टावरमा आगजनी, जितपुर फेदीकाे आगजनी हल्ला मात्रै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । साेमबार राती इलाममा एक र काठमाडौ‌ंकाे  छैमलेमा गरी दुइ स्थानमा रहेकाे एनसेल टावरमा आगजनी भएकाे प्रहरीले जनाएकाे छ ।

इलामकाे देउमाई नगरपालिका-७ जितपुर अजम्बरे डाँडामा रहेको एनसेल टावरमा विप्लव समूहले बम विस्फोट गरेका छन्। सोमबार राति भएको बम विस्फोटबाट टावर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख हिरा बहादुर पाण्डेले बताए ।

काठमाडौंको दक्षिणकाली नगरपालिका–८, छैमलेमा रहेको एनसेल टावरमा आगजनी भएको हो । आगजनीबाट टावरमा क्षति भइ सञ्चार अवरुद्ध भएकाे प्रहरीले जनाएकाे छ ।

साथै काठमाडौंंकै तारकेश्वर नगरपालिकाको जितपुर फेदीमा रहेको टावरमा  सोमबार राति आगजनी भएको समाचार हल्ला मात्र रहेकाे प्रहरीले जनाएकाे छ । महानगरीय प्रहरी परिसर काठमाडौं र जितपुर प्रहरी चाैकीले त्यँहा कुनै पनि आगजानी नभएकाे जनाएकाे छ ।

Logo