काठमाडौं ।
गएराती काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । दक्षिणकाली नगरपालिका ८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेका एनसेल टावरमा गएराति आगजनी भएको हो ।
आगजनीका कारण टावरमा क्षति पुगेपछि त्यस वरपरको क्षेत्रमा मोबाइल सेवा अवरुद्ध भएको छ । आगजनी कसले गराएको भन्ने बारेमा केहि थाहा हुन सकेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया