हेटौंडा उपमहानगरपालिका ६ स्थित निजी तथा सामुदायिक विद्यालयहरूमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश ३ को नाम र राजधानी तोकिएको खुसियालीमा वडा कार्यालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
‘३ नम्बर प्रदेशको नाम बागमती र राजधानी हेटौंडा भएको सुखद उपलक्ष्यमा यस वडाभित्र रहेका निजि तथा सामुदायिक बिद्यालय पुस २८ गतेका दिन पठनपाठन बन्द हुने व्यहोरा जानकारी गराइन्छ ।’ वडा कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै हेटौडालाई प्रदेश राजधानी तोकिएपछि मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका ६ मा खुशियाली मनाइएको छ । वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा स्थानीयले दिप प्रज्वलन गरी खुशियाली मनाएको वडाध्यक्ष शशिधर सुबेदीले जानकारी दिए ।


सरकारले आइतबार प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा तोकेको थियो ।





























प्रतिक्रिया