मंगलबारदेखि बिग्रिएको मौसम बिहिबार दिउँसोदेखि सुधार हुने भएको छ । पश्चिमी वायुको प्रभावले मंगलबारदेखि देशभर वर्षा र हिमपात भइरहेको थियो । "/>

आज दिउँसोबाट घाम लाग्ने, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

आज दिउँसोबाट घाम लाग्ने, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

केन्द्रबिन्दु
0
Shares

मंगलबारदेखि बिग्रिएको मौसम बिहिबार दिउँसोदेखि सुधार हुने भएको छ । पश्चिमी वायुको प्रभावले मंगलबारदेखि देशभर वर्षा र हिमपात भइरहेको थियो ।
पश्चिमी वायु कमजोर हुँदै जाने भएकाले मौसममा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यत: सफा रहने महाशाखाले जनाएको छ। त्यस्तै मध्य र पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस २४ गते (बिहीबार)

दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको छ।

राति: देशको मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली तथा पश्चिमका भू-भागमा आंशिक बदली रही पश्चिमका एक-दुई स्थानमा साथै मध्य र पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा हल्का  हिमपात हुने सम्भावना रहेको छ।

पुस २५ गते (शुक्रबार)

दिउँसो : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यत: सफा रहनेछ। मध्य र पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति: देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यत: सफा रहनेछ।

पुस २६ गते (शनिबार)

दिउँसो : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी स्थानमा मौसम सामान्यत: सफा रहनेछ।

राति: देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

Logo