सुनसरी । पूर्व-पश्चिम राजमार्ग अन्तरर्गत सुनसरी भोक्राहा नरसिंह-५ मा एम्बुलेन्स र ट्रक ठोक्किँदा एम्बुलेन्समा सवार एक जनाको मृत्यु भएको छ।
उदयपुर चौडण्डीगडी-५ का ५० वर्षीय चेतबहादुर विष्टकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । सोमबार बिहान साढे ८ बजे पश्चिमतर्फ जाँदै गरेको ना७ख ३५५३ नम्बरको ट्रकमा सोही दिशातर्फ जाँदै गरेको स१च ४९६ नम्बरको एम्बुलेन्स ठोक्किँएको थियो।
सो दुर्घटनामा एम्बुलेन्समा सवारमध्येका विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। एम्बुलेन्स चालकसहित अन्य चार जना घाइते छन्।
घाइतेमध्ये तीन जनाको नोबेल अस्पताल विराटनगर र चालकको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।





























प्रतिक्रिया