काठमाडौँमा दुईदिने भौचर मेला हुने

काठमाडौँमा दुईदिने भौचर मेला हुने


काठमाडौं । व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाले भोलिबाट भौचर मेलाको आयोजना गर्ने भएको छ । भौचरमा आधारित छोटो अवधिको तालिमका सहभागीहरूलाई भौचर वितरण भोलि र पर्सि गरी दुई दिन मेला आयोजना हुने भएको हो ।

यो आर्थिक वर्षमा ३१ हजार ७५० युवाहरूलाई तालिम दिने उद्देश्यले उपत्यकाभन्दा बाहिर नतिजामा आधारित र उपत्यकाभित्र भौचरमा आधारित छोटो अवधिको तालिमको आयोजना गर्ने लक्ष्यसहित भोलिबाट भौचर मेलाको आयोजना हुने भएको हो । तोकिएको मापदण्डअनुसार छनौट भएका ७४ जिल्लाका ६० वटा विद्यालयमा नतिजामा आधारित र उपत्यकामा भौचरमा आधारित तालिम प्रदान गरिने परियोजना निर्देशक चन्द्रकान्त भुसालले बताए ।

उपत्यकामा भोलिबाट हुने भौचर मेलामा १० हजार ९४१ जनालाई भौचर वितरण गर्ने कार्यक्रम रहेको छ । मेलामा सहभागी हुन २६ हजार ३५९ जनाले आवेदन दिएका थिए । सुविधाहीन समूहका दलित, लोपोन्मुख, सीमान्तकृत जनजातिहरूका लागि रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले परियोजना सुरु गरिएको हो ।

Logo