७३ वर्षिया बेलायती महिला दौडिएरै नेपाल आउँदै

७३ वर्षिया बेलायती महिला दौडिएरै नेपाल आउँदै


बेलायतकी ७३ वर्षकी महिला रोजी स्वेल पोप नेपालका भूकम्पपीडितलाई सहयोग गर्न इङल्याण्डबाट दौडेर नेपाल आउँदैछिन् । उनले  च्यारिटीबाट रकम संकलन गरेकाे रकम भुक्मपपीडितलाई सहयोग गर्नेछिन् ।

उनी आइतबार टर्कीको इस्तानबुल आइपुगिन् । रोजीका अनुसार उनले २०१८ मा ‘रन रोजी रन’ अभियानअन्तर्गत संसारभर दौडिन सुरु गरेकी हुन् । अहिलेसम्म उनले १२ देश पार गरिसकेकी छिन् ।

रोजीको पहिचान संसारका सबैभन्दा लामो दूरीका एकल धावकमा पनि छ । उनी २००४ मा च्यारिटीको लागि पैसा जुटाउनका लागि संसारभर दौडिएकी थिइन् । २०१५ मा उनी पूरै अमेरिकाभरी दौडिइसकेकी छिन् ।

यतिमात्र होइन उनले १७ फिटको डुंगामा बेलायतदेखि अमेरिकासम्म समेत गएकी थिइन् । उनले आफ्ना दिवंगत पति क्लाइभको सम्मानमा न्यूयोर्कदेखि न फ्रान्स्किोसम्म दौडिइसकेकी छिन् । क्लाइभको निधन प्रोस्टेट क्यान्सरका कारण भएको थियो ।

Logo