यसपाली को कसलाई सिस्नुपानी ? (भिडियो सहित)

यसपाली को कसलाई सिस्नुपानी ? (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

प्रज्ञा–सिस्नुपानीको टोलीले विगत वर्षहरुमा जस्तै यसवर्ष पनि व्यंग्यात्मक देउसीभैलो कार्यक्रमको आयोजना गरेको छ । देउसीको शुरुमा हिमाल, पहाड, तराई, विभिन्न जातजाति, वेशभूषालाई समेटिएको सिङ्गो नेपाल झल्काउने नृत्य प्रस्तुत गरियो । त्यसपछि कवि अर्जुन पराजुलीले ‘गाउँ किन जानु’ शीर्षकको राजनीतिक दलका नेताहरुलाई व्यङ्ग्य गरिएको कविता प्रस्तुत गरे । सो कविता प्रस्तुत गर्दै गर्दा भैलोको माहोलमा दर्शक मग्न देखिन्थे ।

त्यसपछि कलाकार मनोज गजुरेलले जोगीको भेषमा नेताहरुलाई व्यङ्ग्य गर्दै देउसी भट्टाउँदै आँगनमा आइपुगे । उनले नेताहरुलाई व्यङ्ग्य गर्दागर्दा राजनीतिक दलका नेताहरु मुस्कुराउँदै थिए भने दर्शनदीर्घाबाट भने ताली बर्सिएका थिए ।

त्यसपछि संस्थाका अध्यक्ष लक्ष्मण गाम्नागे, व्यङ्ग्यकवि अर्जुन पराजुली, कलाकारहरु देवी घिमिरे, थरेन्द्र बराल, टङ्क आचार्य र माणिकरत्न शाक्य, नरनाथ लुइँटेल, चट्याङ मास्टर, हरिकला उप्रेती र गोविन्दबाबु तिवारी लगायतको टोलीले देउसी भैलो शुरु ग¥यो । देउसी भैलोले सुनकाण्ड, ह्वाइड बडी लगायतका काण्डलाई व्यङ्ग्य गरिरहँदा दर्शकदीर्घामा झन् हाँसो मच्चिएको थियो ।

भैलो खेल्दाखेल्दै चिनियाँ राष्ट्रपति सी चिनफिङको ‘क्यारिकेचर’ गर्दै मनोज गजुरेल र प्रधानमन्त्री केपी शर्मा ओलीको क्यारिकेचर गर्दै सीताराम कट्टेल (धुर्मुस) आँगनमा आइपुगे । बाँकी हेरौं यो भिडियोमा:

 

Logo