बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बागलुङको तमानखोला गाउँपालिकामा शुक्रबार राति जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तमानखोला–१ निवासी चालक झकबहादुर विक र सोही स्थानका सह–चालक ओमबहादुर गोतामे रहेका छन्।

वडा नं ३ तमानदेखि वडा नम्बर १ बोङगादोभान बजारतर्फ जाँदै गरेको ध १ ज ७०५ नम्बरको पिकअप जीप रिक्लाङमा राति दुर्घटना भएको हो।

यात्रु छाडेर फर्कदै गरेको जीप घुम्तीमा साँघुरो सडक भएको हुँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । रातको समयमा दुर्घटना हुँदा उद्धारमा निकै समस्या भएको प्रहरीले जनाएको छ ।

Logo