केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । टप ५ समाचार केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट हालै राजीनामा दिएका पारस खड्काले संयुक्त अबर इमिरेट्स (यूएई) मा आयोजना हुने टि टेन लिग खेल्ने भएका छन् । पारसका लागि यो पहिलोपटक अन्तर्रा्ष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा सहभागी हुने अवसर हो ।
निर्वाचन आयोगले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचार संहिता लागू गरेको छ । त्यस्तै मतदातालाई संवेदना व्यक्त गर्दा जापानका व्यापार मन्त्री इसु सुगावाराको मन्त्री पद गुमेको छ । निर्वाचन कानून उल्लंघन गरेको आरोप लागेपछि राजीनामा दिन बाध्य भएका हुन् ।
कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति नभएको दावी गरेका छन् ।
त्यस्तै रामेछाप भिरपानीका कल्याण श्रेष्ठ विश्वकै सबैभन्दा होचो र कम तौल भएको दावी गरिएको छ । खाँडादेवी गाउँपालिका–३ भीरपानीका रामबहादुर श्रेष्ठ र रमा श्रेष्ठले आफ्ना २८ बर्षका कान्छा छोरा कल्याण श्रेष्ठ विश्वकै होचो र कम तौल भएको दावी गरेका हुन् ।





























प्रतिक्रिया