तिहारका सम्बन्धमा फैल्याइएको भ्रममा नपर्न आह्वान, ८ गतेदेखि यमपञ्चक शुरु

तिहारका सम्बन्धमा फैल्याइएको भ्रममा नपर्न आह्वान, ८ गतेदेखि यमपञ्चक शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहार पर्वका सम्बन्धमा भ्रम सिर्जना गर्ने गरी विभिन्न माध्यमबाट भइरहेको प्रचारप्रसारका पछि नलाग्न आह्वान गरेको छ । समितिले आइतबार विज्ञप्ति प्रकाशित गरी कात्तिक ८ गते शुक्रबारदेखि यमपञ्चक शुरु हुने जनाएको छ ।

कात्तिक ८ गतेदेखि यमदीपदान शुरु हुन्छ । कात्तिक ९ गते शनिबार कागतिहार, कात्तिक १० गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा, कात्तिक ११ गते सोमबार गाईगोरु र आत्म (म्ह) पूजा पर्ने समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी कात्तिक १२ गते मङ्गलबार गोवद्र्धनपूजा, यमद्वितीया, भाईटीका, किजापूजा र नेपालसंवत् मनाउनु पर्ने समितिको निर्णय छ । यसै अनुसार तिहार पर्व मनाउन समितिले ज्योतिष, धर्मशास्त्र लगायत विभिन्न विषयका विद्वानसँगको राय सुझावपछि निर्णय गरेको हो । केही व्यक्तिले कात्तिक १३ गते भाइटीका गर्ने भनी गरिरहेको प्रचारप्रसार शास्त्रसम्मत नहुने सदस्य सचिव ढुङ्गेलले बताउनुभयो ।

समितिले ०७७ सालको असोज महीनामा अधिकमास (मलमास) पर्ने जानकारी समेत आम सर्वसाधारणमा गराएको छ । विभिन्न धार्मिक कृत्यका लागि एक वर्ष अघि नै मलमासको जानकारी आम मानिसलाई दिनुपर्ने भएकाले सार्वजनिक गरिएको उहाँले बताउनुभयो ।

Logo