२४ घण्टाका लागि सीमानाका बन्द

२४ घण्टाका लागि सीमानाका बन्द

केन्द्रबिन्दु
0
Shares

बाँके,

बाँकेको नेपाल–भारत सीमानाका २४ घण्टाका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार एक विज्ञप्तिमार्फत साँझ ६ः०० बजेदेखि सोमबार साँझ ६ः०० बजेसम्मका लागि सीमानाका बन्द गरिएको सूचना जारी गरेको छ ।

भारत उत्तर प्रदेशको बहराइच जिल्लामा सोमबार हुन लागेको विधान सभाको उपनिर्वाचनका कारण सीमानाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताउनुभयो । उपनिर्वाचनको मतदान सोमबार साँझ ६ः०० बजे सकिएपछि नाका सुचारु हुन जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Logo