तिहारलाई लक्षित गरेर ललितपुरको जाउलाखेलस्थित मैदान ‘१३ औं गोदावरी फूलको प्रतियोगित्मक प्रर्दशनी २०७६’ पुष्प मेला सञ्चालन भइरहेको छ । मेलामा १ सय भन्दा धेरै प्रजातीका फूलहरु प्रदर्शनी गरिएको छ। विशेष गरी सयपत्रीका साथै विभिन्न किसिमका गोदावरीहरु प्रदर्शनीमा छन् ।
मेला संयोजक सुशील खड्काले कृषिको आधुनिकिकरण, ब्यवसायीकरण, रोजगारी सिर्जना, उत्पादन र कृषकको आम्दानी साथै पुष्प व्यावसायिहरुको उत्साह बढाउने उद्धेश्यले मेला आयोजना गरिएको जानकारी दिए । मेलाको अवलोकन गर्ने र फूल खरिद गर्नेहरूको बाक्लो भिड रहेको छ।
कार्तिक १ गतेबाट सुरु भएको मेला कार्तिक ४ गतेसम्म सञ्चालनमा रहनेछ ।












फोटो: राजेश विक/केन्द्रबिन्दु





























प्रतिक्रिया