काठमाडौं,
चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणसँगै चिनियाँ रेल काठमाडौंसम्म आउने आधार तय भएको छ । राष्ट्रपति सीको भ्रमणमा केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएसँगै नेपालीको रेल सपना साकार हुने संकेत मिलेको छ ।
सीको दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल–चीन सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्ने सहमति भएको छ । गत १५–१६ चैतमा सम्पन्न लगानी सम्मेलनमा सहभागी चिनियाँ अधिकारीले रेल मार्गबारे उच्चस्तरको सहमति जरुरी रहेको बताएका थिए । त्यसको करिब ६ महिनाको अवधिमा नेपाल र चीनबीच उच्चस्तरमा सहमति जुटेको छ । नेपाली पक्षले सीको भ्रमणकै बेला रेलको लगानी ढाँचाबारे छलफल गर्ने रणनीति तय गरेको थियो ।
सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेपछि पहिलो भएका चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा नेपाली पक्षले केरुङ–काठमाडौं रेल्वेको लगानी ढाँचाबारे छलफल गर्ने तयारी गरेको थियो । सो प्रस्ताव बमोजिम नै दुई देशबीच केरुङ–काठमाडौं–पोखरा लुम्बिनीसम्म रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने सहमतिले नयाँ उत्साह थपेको परराष्ट्रविद् बताउँछन् ।
चीनले सिगात्सेबाट केरुङसम्म रेलमार्ग बनाउने लक्ष्य लिएकोमा नेपालले सो रेलमार्गलाई केरुङ–काठमाडौं हुँदै पोखरा र लुम्बिनीसम्म जोड्न गरेको प्रस्तावमा चिनियाँ पक्ष सकारात्मक भएको हो । तर अहिले नै रेल आउने समय भने यकिन हुन सकेको छैन । सम्भाव्यता अध्ययनले कति समयमा हिमालय सीमापार रेलमार्ग बन्ने खाका तय गर्नेछ ।
सहमतिपत्रको सात नम्बर बुँदा अन्तर्गत नेपालको भौतिक योजना तथा यातायात मन्त्रालय र जनवादी गणतन्त्र चीनको यातायात मन्त्रालयबीच चीन–नेपाल अन्तर–सीमा रेल परियोजनाको सम्भाव्यता अध्ययनबारे एमओयू भएको छ । चीनको नेसनल रेल्वे अथोरिटीले केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई गत मंसिरमा बुझाएको थियो ।
चीनका राष्ट्रपति सीले सार्वजनिक रूपमै रेल आउने अभिव्यक्ति दिनुले ठूलो महत्व राखेको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई बताउँछन् ।
राजधानीबाट





























प्रतिक्रिया