सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि संघीय सरकारले सार्वजनिक बिदा निर्णय गरेको हो ।
गृह मन्त्रालयले विहीबार मन्त्रिपरिषद बैठकमा प्रस्ताव पेस गरेको थियो । सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मान स्वरुप सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
यसअघि भारतीय प्रधामन्त्री नेपाल आउँदा पनि सार्वजनिक बिदा दिइएको थियो । चिनियाँ राष्ट्रपति भोलि शनिबार राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् । राष्ट्रपति सी शनिबार र आइतबार नेपालमा रहनेछन् ।





























प्रतिक्रिया