सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । यौन दूराचारको आरोप लागेका महराले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।
यौन दूराचारको आरोप लागेपछि महराले पार्टीका शीर्ष नेताहरुसँग परामर्श गरेका थिए । त्यस्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवाल बैठकले पनि पदबाट राजीनामा दिन महरालाई सुझाएको थियो ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले महराले दुवै पदबाट राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनुपर्ने निर्णय गरेको थियो ।






























प्रतिक्रिया