पूर्व सांसद हरि बैरागीको निधन

पूर्व सांसद हरि बैरागीको निधन

केन्द्रबिन्दु
0
Shares

नेकपाका नेता तथा पूर्व सांसद् हरि बैरागी दाहालको निधन भएको छ । दाहालको हृदयघातबाट निधन भएको हो ।

शुक्रबारदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका दाहालको शुक्रबार बिहान निधन भएको हो ।  २०५१ सालमा संखुवासभाबाट तत्कालीन नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित थिए ।

उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीको लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने र आजै दिउँसो पशुपति आर्यघाटमा अत्येष्टि गरिने जनाएको छ ।

Logo