प्यु्ठानको गौमुखी गाउँपालिका प्रमुख बिष्णुकुमार गिरी पक्राउ परेका छन् । बहुविवाह अभियोगमा उनी पक्राउ परेका हुन्।
बहुबिबाह गरेको भन्दै गाउँपालिका अध्यक्ष गिरी विरुद्ध भदौं १० गते उनकी श्रीमति सीता केसीले बहुविवाहको उजुरी दिएकी थिइन् । श्रीमतिले दिएको उजुरीको आधारमा आरोपीलाई पक्राउ गरिएको प्युठान प्रहरी प्रमुख डिएसपी नरेन्द्रकुमार कार्कीले बताए । उनलाई आइतबारदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
गिरीले प्युठान नगरपालिकाकै एक १८ बर्षीया युवती दोस्रो विवाह गरेको अभियोग छ । गिरीकी कान्छी श्रीमती अस्मिता बुढाथोकी पनि हिरासतमा छिन्।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया