दुग्ध विकास संस्थानले दुधको मूल्य ६ रुपैयाँले वृद्धि गर्ने भएको छ ।
संस्थानका महाप्रवन्धक शैलेन्द्र घिमिरेले आज बस्ने बैठकले दुधको मूल्य तोक्ने जानकारी दिए । घिमिरेले किसानको लागत बढेकाले उपभोक्ता मूल्य पनि वृद्धि गरिएको जानकारी दिए । दूधको मूल्यमध्ये ६९ प्रतिशत किसानलाई र बाँकी ३१ प्रतिशत डेरीहरुले पाउने भएका छन् ।
कृषि मन्त्रालय र दुग्ध विकास संस्थानले गठन गरेको कार्यदलको सिफारिस अनुसार दुधको मूल्यवृद्धि गरिएको हो। कृषकहरुले लागत बढेको भन्दै मूल्य बढाउन दवाव दिएपछि सरकारले कार्यदल गठन गरेको थियो ।
दुधको मूल्य अब प्रतिलिटर ७६ रुपैयाँ पर्ने भएको छ । यसअघि प्रतिलिटर ७० रुपैयाँमा बिक्री वितरण हुँदै आएको थियो । बढेको मूल्य शनिबारदेखि लागु गर्ने तयारी भइरहेको घिमिरेले बताए ।
यसअघि २०७४ भदौ १ गते दुधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाइएको थियो ।





























प्रतिक्रिया