काठमाडौं,
दलीय भागबन्डाका कारण विश्वविद्यालयको शैक्षिक वातावरण बिग्रिएको आरोप लगाउँदै नेविसंघले खबरदारी र्याली निकालेको छ । नेविसंघले आइतबार माइतीघर मण्डलाबाट बानेश्वरसम्म र्याली निकालेको हो ।
कार्यक्रममा बोल्दै नेविसंघका नेता नवराज त्रिपाठीले नैतिकता, ज्ञान सिक्ने विश्वविद्यालय नै अनियमितताको अखडा बनाएको भन्दै दलीय भागबन्डा नरोकिए नेविसंघ कडा संघर्षमा उत्रने चेतावनी दिनुभयो ।
विद्यार्थी नेता कुन्दनराज काफ्लेले नेविसंघलाई शैक्षिक आन्दोलनमा लाग्न आह्वान गर्दै, भागबन्डा कायम राखे पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा रोक लाग्ने चेतावनी दिनुभयो ।
कार्यक्रममा विद्यार्थी नेता रामप्रसाद अधिकारी, युवराज पाण्डे लगायतले बोल्नु भएको थियो । नेविसंघ नेता मानिष सिम्खडाले माग कार्यान्वयन नभएसम्म चरणबद्ध रूपमा आन्दोलन गरिने जानकारी दिनुभयो ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया