केटीएमको १२५ सीसी सेगमेन्टको पहिलो बाइक ‘ड्युक १२५’ बाइक नेपाली बजारमा लन्च हुँदैछ । धेरै युवाहरुको पर्खाइमा रहेको यो बाइक आगामी भाद्र १० देखि संचालन हुने नाडा अटो शोमार्फत सार्वजनिक गर्न लागिएको हो ।
केटीएम १२५ ड्युकमा १२४.७ सीसी सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ जसले ९२५० आरपीएममा १४.३ बीएचपीको पावर र ८००० आरपीएममा १२ एनएमको टर्क जेनेरेट गर्छ । यसको इन्जिनमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ । साथै यसमा एबीएसको स्ट्यान्डर्ड फिटमेन्ट पनि उपलब्ध छ ।
१२५ ड्युक एबीएस तीन भेरिएन्ट ओरेन्ज, सेतो र कालो रङमा उपलब्ध छ । यसमा ४३ मिलिमिटरको अप साइड डाउन फोक्र्स सस्पेन्शन जडान गरिएको छ । यसको फ्रन्टमा ३०० मिलिमिटरको डिस्क ब्रेक रहेको छ भने रियरमा २३० मिलिमिटरको डिस्क ब्रेक रहेको छ ।





























प्रतिक्रिया