जनकपुर,
प्रदेश २ को नामकरणबारे एउटै दलका सांसदमा पनि विभाजन देखिएको छ । प्रदेशसभा सचिवालयमा बिहीबार दर्ता भएको प्रस्तावका आधारमा नेपाली कांग्रेस र सत्तारुढ दलका सांसद विभाजित भएको देखिएको हो ।
नेपाली कांग्रेसकै सांसदले ‘नाम र राजधानी’ दुवै विषयमा फरक–फरक प्रस्ताव दर्ता गराएका छन् भने सत्तारुढ दल समाजवादी पार्टी र राजपाका सांसद पनि राजधानीको सवालमा दुई खेमामा बाँडिएका छन् । प्रदेशसभामा प्रमुख चार दलले प्रतिनिधित्व गरिरहेका छन् । ती मध्ये सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संयुक्त रूपमा एउटै प्रस्ताव दर्ता गराए पनि नामाकरणमा चार र राजधानीमा पाँच वटा प्रस्ताव आयो ।
दलगत रूपमा नामका लागि आएको प्रस्तावमा नेकपाले ‘जानकी प्रदेश’, नेपाली कांग्रेसले ‘मिथिला–भोजपुरा प्रदेश’ र समाजवादी पार्टी तथा राजपाले संयुक्त रुपमा ‘मधेस प्रदेश’ प्रस्ताव गरेको छ । नेपाली कांग्रेसकै अर्को पक्षले भने प्रदेशको नाम ‘मध्य–मधेस प्रदेश’ हुनुपर्ने प्रस्ताव दर्ता गराएको छ ।
नागरिकबाट





























प्रतिक्रिया