जनकपुर,
प्रदेश २ को स्थायी राजधानीसँगै नामाकरणका लागि प्रदेशसभा सचिवालयले प्रस्ताव आह्वान गरेसँगै यसबारे संसदीय दल, नागरिक समाजदेखि सामाजिक सञ्जालसम्म बहस सुरु भएको छ ।
सत्तापक्षले प्रदेशको नाम ‘मधेस’ राख्नुपर्ने अडान पेश गरिरहँदा प्रतिपक्षी दलहरूले ‘मधेस’ बाहेकका नाममा मात्र छलफल गर्नुपर्ने जिकिर गरिरहेका छन् । प्रमुख प्रतिपक्षी नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशको नाउँ ‘मिथिला, मिथिला–भोजपुरा, जनकपुर, जानकी वा जनक’ मध्ये जे राखे पनि सहमति गर्न सकिने संकेत गरिरहेका छन् । सामाजिक सञ्जाल र नागरिक समाजमा भने न सत्तापक्ष न प्रतिपक्ष, दुवैभन्दा फरक नाम प्रस्ताव गरिरहेको देखिन्छ, ‘मध्य मधेस’।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव मधेस आन्दोलनको जगमा कायम भएको संघीयता र संघीय नेपालको पहिचान बनाउने ‘मधेस’ शब्द रहेको हुँदा कोर मधेस प्रदेशको रुपमा रहेको प्रदेश २ लाई ‘मधेस प्रदेश’ नामाकरण हुनुपर्ने दावी गर्छन् । ‘मधेस आन्दोलनकै रापतापमा संघीयता आएको स्वीकार्नु हुन्छ भने प्रदेशको नाउँ मधेस राख्दा कसलाई किन र के को आपत्ति ?’ मन्त्री यादव भन्छन्, ‘प्रदेश सरकारले यो प्रदेशको नाउँ मधेस प्रदेश कायम गरिसकेको छ । अब प्रदेशसभाबाट प्रक्रियामा गएर टुंग्याउन मात्र बाँकी छ ।’
प्रदेशसभामा प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले भने प्रदेश २ को नाम कुनै हालतमा ‘मधेस’ हुन नसकिने जिकिर गर्छन् । ‘मधेस भनेको यो आठ वटा जिल्ला मात्रै हो र ?’ नेता मण्डल भन्छन्, ‘झापादेखि कञ्चनपुरसम्म फैलिएर रहेको मधेसको नामले प्रदेश २ को नामकरण गर्न सुहाउँदैन ।’
नागरिकबाट





























प्रतिक्रिया