एउटा अनौठो संयोगले टर्‍यो ठूलो दुर्घटना (भिडियोसहित)

एउटा अनौठो संयोगले टर्‍यो ठूलो दुर्घटना (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

कहिलेकाँही अनौठो संयोगले ठूलो दुर्घटनाबाट जोगिन्छ।  हो त्यस्तै भएको छ ब्राजिलमा।  घटना गत १२ अगष्टको हो।

ब्राजिलको ग्वाइबामा एउटा सेतो कार गुडिरहेको थियो। कारको अगाडि ट्यांकर थियो भने पछाडि दमकल गुडिरहेको थियो।  ट्राफिक संकेत अनुसार सबै गाडी रोकियो।

एकछिनपछि रोकिएको गाडीहरु चलन थाल्यो तर उक्त कार अघि बढेन। कार नगुडेपछि पछाडि आइरहेको दमकल ओभरटेक गरेर अघि बढ्यो ।

दमकल कारको नजिक पुग्नेवित्तिकै कारमा दन्दनी आगो बल्न थाल्यो।  कारमा आगो बल्न थालेपछि कारमा सवार २ जना महिला आतिएर बाहिर निस्किए।  उनीहरु निकै टाढासम्म भागे।

कारमा आगो बलेको देख्नासाथ ओभरटेक गरेर अघि बढेको दमकल रोकियो र आगो निभाउन थालियो । यो घटनाको  सीसीटिभी फुटेज  भाइरल हगले सार्वजनिक गरेको हो ।

Logo