चन्द्रागिरिमा मदन भण्डारी स्मृति पार्क, चित्लाङमा मदन भण्डारी विश्व विद्यालय

चन्द्रागिरिमा मदन भण्डारी स्मृति पार्क, चित्लाङमा मदन भण्डारी विश्व विद्यालय

केन्द्रबिन्दु
0
Shares

चन्द्रागिरि नगरपालिका–१३ मा ‘मदन भण्डारी स्मृति पार्क’ निर्माण हुने भएको छ।

काठमाडौँ महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको साझेदारीमा उद्यान निर्माण गर्न लागिएको हो। काठमाडौँ महानगरपालिकाको एक करोड तथा चन्द्रागिरि नगरपालिकाको एक करोड लागतमा उद्यान बन्न लागेको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए।

“काठमाडौँ महानगरपालिकाले प्रत्येक नगरपालिकालाई पार्क निर्माणका लागि एक करोड विनियोजन गरेसँगै मदन भण्डारी उद्यान निर्माण गर्न लागेका हौँ”, उनले भने । उक्त उद्यानको बिहीबार शिलान्यास गरिएको छ । चन्द्रागिरि नगरपालिकाको पर्यटकीय विकासका लागि केवुल कार, कालु पाण्डे समाधी स्थल, मातातीर्थलगायतले सहयोग पुग्ने गिरीले बताए।

उद्यान निर्माणसँगै चन्द्रागिरि नगरपालिकाको पर्यटनमा थप सहयोग पुग्ने बताइएको छ।

चन्द्रागिरीको पारि रहेको मकवानपुरको चित्लाङ्मा मदन भण्डारी प्राविधिक विश्व विद्यालय स्थापना हुँदैछ।

Logo