रवि लामिछानेलाई अदालत लगिंदै, समर्थकहरुको नाराबाजी

रवि लामिछानेलाई अदालत लगिंदै, समर्थकहरुको नाराबाजी

केन्द्रबिन्दु
0
Shares

बिहिबार पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आज अदालतमा पेश गरिदैछ । म्याद थप गरेर अनुसन्धान थालिने चितवन प्रहरीले जनाएको छ ।

पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि उनीहरुलाई प्रहरीले बिहिबार पक्राउ गरेका थिए। चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार लामिछानेसहित पक्राउ परेका युवराज कँडेललाई राति चितवन पुर्याइएको थियो ।

रविलाई षडयन्त्रपूर्वक फसाउन खोजिएको भन्दै उनका समर्थकहरुले निर्सत रिहाइको माग गर्दै प्रहरी कार्यालय अगाडि नाराबाजी गरिरहेका हुन् ।

पुडासैनीको शव चितवनको कंगारु होटलको कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

Logo