प्रधानमन्त्री अस्वस्थ, नेकपाको बैठक आज पनि स्थगित

प्रधानमन्त्री अस्वस्थ, नेकपाको बैठक आज पनि स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनी अस्वस्थ भएसँगै नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय बैठक आज पनि स्थगित भएको छ।

बुधबार पनि कार्यविभाजनको विवादको विषयमा कुरा नमिल्दा स्थगित हुन पुगेको नेकपाको सचिवालय बैठक आजका लागि बोलाइएको थियो।

तर आज प्रधानमन्त्रीको स्वास्थ्य प्रतिकुलताका कारण बैठक बस्न नसकेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार बैठक भोलि ३ बजे बस्ने तय भएको छ।

Logo