प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्य उपचारपछि सोमबार स्वदेश फर्केका छन्। प्रधानमन्त्री ओली थाई एयरवेजको जहाजमार्फत सोमबार मध्याह्न काठमाडौं उत्रिएका हुन् ।

प्रधानमन्त्रीलाई ओलीलाई स्वागत गर्न प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका नेताहरु बामदेव गौतम, सुवाष नेम्वाङलगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।

१२ वर्ष अघि मृर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली गत श्रावण १८ गते स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक दिव्या शाह पनि सिंगापुर गएका थिए ।

ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार भएको थियो ।

Logo