प्रधानमन्त्री ओली सोमबार मात्रै स्वदेश फर्कने

प्रधानमन्त्री ओली सोमबार मात्रै स्वदेश फर्कने

केन्द्रबिन्दु
0
Shares

सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबार मात्रै स्वदेश फर्कने भएका छन् ।

शुक्रबार नै स्वदेश फर्कने प्रधानमन्त्री ओलीको कार्यतालिका रहेको भए पनि स्वास्थ्य परीक्षण रिपोर्ट आउन समय लागेकाले सिंगापुरको बसाई लम्बिएको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीसहितकाे टाेली सोमबार थाइ एयरबाट दिउँसाे साढे १२ बजे आइपुग्ने कार्यतालिका छ ।

साउन १८ गते सिंगापुर प्रस्थान गरेका ओलीको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ ।

प्रधानमन्त्रीको साथमा धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी डा. दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी छन् ।

Logo