काठमाडौँमा सवारी दुर्घटना, एकको मृत्यु

काठमाडौँमा सवारी दुर्घटना, एकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिका–१५ ठूलोभर्याङ्मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ठूलोभर्याङ्गको मुख्य सडकमा ना७ख १३८१ नंको ट्रकले बा ४५ प २७७४ नंको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा धादिङ गजुरी गाउँपालिका–८ का २० वर्षीय सुमन मग्रातीको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रविकुमार पौडेलले दुर्घटनामा गम्भीर घाइते मग्रातीको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Logo