शुक्रबार बिहान त्रिशुलीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस धादिङको सलाङघाटबाट त्रिशुली नदीमा खसेको थियो । मृत्यु हुनेमा सर्लाहीका ३५ बर्षिय अजय दास, सर्लाहीकै २५ बर्षिय विजय कुर्मी छन् । अर्का एक जना मृतकको भने सनाखत हुन सकेको छैन ।
उनीहरु तीनै जनाको घटनास्थलमा मृत्यु भएको हो । यसैगरी २ जनाको शव नवलपरासीमा भेटिएको प्रहरीले जनाएको छ । उनीहरुको पनि सनाखत हुन सकेको छैन । दुर्घटनामा परेका मध्ये १६ जनाको उद्दार गरी काठमाडौं ल्याएर उपचार भइरहेको छ । केही यात्रु पौडी खेलेर त केही भिरमा अड्किएर बाँचेका थिए ।
बसमा ४५ जना सवार थिए । कुरिनटारस्थित सशस्त्र प्रहरीको गोताखोर टोली समेत परिचालन गरेर बसमा सवार अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया