काठमाडौं,
ग्राण्डी अस्पतालको विषयलाई लिएर अस्पतालका निर्देशक डा.चक्रराज पाण्डे, सञ्चालक इन्जिनियर दीपक कुँवर लगायतले पीडित दोर्जे लामा र निशासँग माफी मागेका छन् । उनीहरुले माफी मागेपछि दुई पक्षबीचको वार्ता पनि टुंगिएको छ ।
गत असार २० गते ग्रान्डी अस्पतालमा जन्मेको नवजात शिशुको श्रावण ६ गते अस्पतालकै लापरबाहीका कारण मृत्यु भएको स्वीकार्दै उनीहरुले माफी मागेका हुन् ।
बिहीबार अस्पतालमा पीडित पक्ष र अस्पताल व्यवस्थापन समितिका तर्फबाट छुट्टाछुट्टै वार्ताटोली बनाएर वार्ता भएको थियो । वार्तामा महाराजगंज प्रहरी बिटका प्रमुखदेखि राजनितिक दलका नेता, अस्पताल सञ्चालक, पीडित लामासमेतको टोली बसेको थियो । वार्तामा लापरबाही गर्ने डाक्टर नर्सलाई हटाउनेसम्मको सहमति भएपछि पीडित पक्षले बिनासर्त मृतक शिशु बुझेको लामाले जानकारी गराउनुभयो ।
अस्पतालमा उपचार गर्दा लागेको खर्च बच्चा नै नबाँचेपछि मिनाहा गरिएको बताइएको छ । सबैले माफी मागेपछि मृतक बच्चा बुझेर बुद्धधर्म अनुसार पशुपतिको जंगलमा लगेर लामा बिधि अनुसार अत्येष्टि गरिएको दोर्जे लामाले बताए ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया