तराईलाई काठमाडौँ जोड्ने छोटो दुरीको बाटो फाखेल सिस्नेरी सडकमा चल्ने सुमोहरुमा जोर विजोर प्रणाली लागू गरिएको छ।
दुबै सडक साँघुरो भएका कारण जोर बिजोर प्रणाली लागू गरिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायव उपरिक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको उपस्थितिमा बुधबार बसेको बैठकले यसअघिकै निर्णयलाई कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो। यस अघि गत वर्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा जोरबिजोर प्रणाली कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
बैठकले ईन्द्रसरोबर गाउँपालिकाका ग्रामिण भेगमा कृषि उत्पादन, दैनिक उपभोक्ता बस्तु तथा निर्माण सामग्री ढुवानी गर्न गाउँपालिकाका मिनि ट्रक संचालन गर्न पाउने, गर्मीयाममा विहान ५ बजे अगाडि र बेलुकी ८ बजे पछाडि र जाडो याममा विहान ६ बजे अगाडि र बेलुका ७ बजे पछाडि मात्रै भीमफेदी कुलेखानी रुटमा ६ टन भन्दा कम भार वहन क्षमताको मिनि ट्रक प्रयोग गरी ढुवानी गर्ने निर्णयलाई कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जीवन लामा, उपाध्यक्ष उमाकुमारी लामा, वडा नं –२ वडाध्यक्ष राजुमान महर्जन, ३ नं– अध्यक्ष चिरञ्जीवी पौडेल, मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराई सशस्त्रका प्रहरी उपरीक्षक विकास घिमिरेलगायतको सहभागिता रहेको थियो ।





























प्रतिक्रिया