काठमाडौँको बालुवाटारमा रहेको इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसु कार्यालयमा आगलागी भएको छ । दिउँसो पौने १ बजे आगलागी सुरु भएको हो ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी फडिन्द्र प्रसाईंले पेट्रोल जम्मा गरेर राखिएको ठाउँमा आगलागी भएकाले ठूलो आगो लागेको जानकारी दिए । अहिले आगो निभाउन काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएको छ । साथै अहिले प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी पनि खटिएका छन् ।
आगलागीको कारण खुल्न सकेको छैन।






























प्रतिक्रिया