साउन १६ गते सम्म १८ वर्ष पुगेकाले उपनिर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने

साउन १६ गते सम्म १८ वर्ष पुगेकाले उपनिर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा मतदान गर्न साउन १६ गतेसम्म १८ वर्ष उमेर पुगेकाले मात्रै मतदान गर्न पाउने निर्णय गरेको छ । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीयतह गरी ५० रिक्त पदमा मङ्सिर १४ मा उपनिर्वाचन हुनेछ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आइतबार बसेको आयोगको बैठकले मतदाताको उमेर १८ वर्ष पूरा भएको मिति (कट अफ डेट) तोकेको हो । मतदाता नामावली ऐन अनुसार निर्वाचनको मिति घोषणा भएको दिन मतदाता नामावलीमा नाम दर्ता भएका र १८ वर्ष उमेर पुगेकालाई मात्रै मताधिकार प्राप्त हुने व्यवस्था छ ।

आयोगका सहसचिव एवं प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार आयोग बैठकले जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा सञ्चालन भइरहेको मतदाता दर्ता कार्यलाई आयोगबाट अर्को निर्णय नभएसम्मका लागि रोक्ने निर्णय पनि गरेको छ । उपनिर्वाचनका लागि अब मतदाता नामावलीमा नाम समावेश गर्न नपाइने कानुनी प्रावधान छ ।
गोरखापत्रबाट

Logo