काठमाडौँ,
विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव धिरेन्द्रा उपाध्याय ‘भृकुटी सहित युवा संगठनका केन्द्रीय अध्यक्ष बाबुराम राई ‘विवस’लाई प्रहरीले पक्राउ गरेको छ । नेकपाकी केन्द्रीय सदस्य समेत रहेकी भृकुटीलाई बुढानिलकण्ठबाट पक्राउ गरेको अनेमसंघ क्रान्तिकारीले जनाएको छ ।
भृकुटी पक्राउको कारणबारे प्रहरीले केही बताएको छैन । युवा संगठनका राईसँगै पूर्व विद्यार्थी नेता सफल अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
यसअघि साउन ४ गते विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो ईन्चार्ज माईला लामा गिरफ्तारीको बिरोधमा आज बाग्मती, नारायणी ब्युरो सहित जनकपुर ब्युरो अन्तर्गतका जिल्लामा बन्दको आह्वान गरेको छ । सरकारले निरन्तर आफ्ना नेता र कार्यकर्तालाई गिरफ्तार गर्ने , झुठा मुद्दामा फ़साउदै जेलमा कोच्ने र मुठभेड को नाममा हत्या गर्ने गरेकोले नेकपा आक्रोशित भएको हो ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया