गलबन्दीकी ‘लजालु’ अन्जली भन्छिन्- “अझै जमिनमै छु।”

गलबन्दीकी ‘लजालु’ अन्जली भन्छिन्- “अझै जमिनमै छु।”

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय निकै चर्चामा छिन् गलबन्दीकी ‘लजालु’ केटी अर्थात अन्जली अधिकारी ।

मोडल तथा नृत्यांगना उनै अन्जली अधिकारीमा घमण्ड बढेको भन्दै संचारमाध्यममा ‘गसिप’ हरु आइरहेका छन्।  यधपि उनी भने यसलाई स्वीकार्न तयार छैनन्। पछिल्लो समय निकै व्यस्त उनी भन्छिन्, “ब्यस्तताको कारण पहिला जस्तै रहिरहन सकिन होला तर म घमण्डी भएकी छैन, न सफलताको मात नै लागेको छ ।”

उनी विगत चार वर्षदेखि सांगेतिक दुनियामा करियर खोजिरहेकी थिइन् ।  तर, एक वर्ष अघि सार्वजनिक भएको ‘बोलमाया’ गीतको भिडियोबाट  उनी आम दर्शकको मनमुटुमा बस्न सफल भइन्। लगतै केही समयअघि सार्वजनिक भएको ‘गलबन्दी’ गीतले त उनलाई निकै सफलता दिलायो।

घमण्डले मान्छेलाई चाँडै सिध्याउछ भन्ने कुरा आफुले राम्रैसँग बुझेको भन्दै उनी सफलतामा घमण्ड कहिल्यै नगर्ने बाचा गर्छिन् ।

Logo