सोसल मिडियामा भाइरल तस्बिरः वर्षा रोक्न भ्यागुताको डिभोर्स !

सोसल मिडियामा भाइरल तस्बिरः वर्षा रोक्न भ्यागुताको डिभोर्स !


काठमाडौं । लगातारको वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । विशेषगरी पूर्वी तथा मध्यभागमा जारी वर्षाका कारण अहिलेसम्म ६७ जनाले ज्यान गुमाईसकेका छन् । तराईका विभिन्न जिल्लाहरुमा डुबानको समस्या देखिएको छ । भने पहाडमा बाढी र पहिरो दुवैको समस्याले मानिसहरु आजित भईसकेका छन् । अहिले सामाजिक सञ्जालले भने राम्रो स्थान पाएको छ ।

बाढी, पहिरो, डुबान, रातह उद्धार जस्ता कारणले सामाजिक सञ्जालले स्थान पाईरहेको हो । अर्को कुरा कुन ठाउँमा के कस्तो क्षति भयो त्यो जानकारी पनि सामाजिक सञ्जालबाटै पाईरहेको छ । यसैबीच सामाजिक सञ्जालमा एउटा तस्बिर निकै भाईरल बनेको छ ।

हाम्रो समाजमा पानी नपर्दा भ्यागुताको विहे गराईदिने चलन छ । भ्यागुताको विहे गराईदिए वर्षा हुने मान्यता छ । असार मध्यसम्म पनि पानी नपर्दा मोरङमा एक जोडी भ्यागुताको विवाह गराईदियो ।

त्यसको एक सातापछि अत्यधिक वर्षा हुँदा भने उनीहरुको डिभोर्स गराईएको छ । जुन तस्बिर निकै भाईरल बनेको छ । भ्यागुताको बिहे गराईदिए पानी पर्ने तथा डिभोर्स गराईदिए पानी रोकिने भन्दै भ्यागुताको डिभोर्स गराईदिएको तस्बिरले सामाजिक सञ्जालमा राम्रो पाएको हो ।

कसले गराए भ्यागुताको बिहे र डिभोर्स ?
सामाजिक सञ्जालमा भाइरल बनेको तस्बिर मोरङको हो । मोरङको बुढीनन्दा गाँउपालिका–२ का प्रकाश बानियाँले बिहेका कारण वर्षा र बाढीको समस्या आएको भन्दै डिभोर्स गराएका हुन् । पानी नपरेपछि उनैले असार २१ गते सन्सारीमाइ मन्दिरमा भ्यागुताको विवाह गराईदिएका थिए ।

विवाह गराएको ९ दिनमै सम्बन्ध बिच्छेद गराएका हुन् । उनले लिखित रुपमै भ्यागुताको सम्बन्ध विच्छेद गराएका हुन् । भ्यागुत्ताको डिभोर्स गराइएको कागज सामाजिक सञ्जालमा समेत ‘भाइरल’ बनेको हो ।

Logo