एनसेल विवाद साउन २१ मा फैसला

एनसेल विवाद साउन २१ मा फैसला

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,
सर्वोच्च अदालतले एनसेल लाभकर निर्धारण प्रकरणमा साउन २१ गते निर्णय सुनाउने भएको छ । रिट निवेदक र विपक्षी दुवैको बहस आइतबार सकिएपछि सर्वोच्चको पूर्ण इजलासले साउन २१ गते निर्णय सुनाउने मिति तोकेको हो ।

न्यायाधीशहरू तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुस्मालता माथेमा र डा. मनोजकुमार शर्माको पूर्ण इजलासले बहस सकेर निर्णय सुनाउने मिति तोकेको हो । जेठ २१ गतेबाट पूर्ण इजलासमा निरन्तर सुनुवाइ राखिएको थियो । सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले साउन २१ गते निर्णय सुनाउने गरी बहस सकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बहस सकिएको छ । साउन २१ गतेका लागि निसु तोकिएको छ । ”

यसअघि वैशाख २४ गते न्यायाधीशद्वय सपनाप्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले मुद्दा पूर्ण इजलासमा पेस गर्न आदेश दिएको थियो । सुनुवाइ नहुँदासम्म एनसेलमाथि भएको कर निर्धारण अनुसारको कुनै पनि प्रक्रिया अगाडि नबढाउन पनि आदेश भएको थियो । निवेदनमा संवैधानिक, कानुनी तथा प्रक्रियागतसमेत प्रश्न उठाइएको भन्दै मुद्दा पूर्ण इजलासमा पठाइएको थियो ।
गोरखापत्रबाट

Logo