गुठी विधेयक विरुद्ध आन्दोलनरत बिभिन्न सघसस्थाहरुले आज शनिबार मोटरसाइकल र्याली आयोजना गर्दैछ ।
विधेयक खारेजीको मागसहित पहिचान र स्वाभिमानको संरक्षणको लागि राज्यलाई खबरदारी गर्न र्याली आयोजना गर्न लागेका हुन्। न्यूरोड जुद्ध शालिकबाट शुरु गरिने मोटरसाइकल र्याली उपत्यकाका विभिन्न स्थान परिक्रमा गर्दै कीर्तिपुरपुरमा पुगेर समापन हुनेछ ।
न्यूरोडबाट जमल, दरवारमार्ग हुँदै कमलपोखरी गौशालाबाट कोटेश्वर, जडिबुटी, सिनामंगल हुँदै पुरानो थिमिबाट व्यासी हुँदै कमलविनायक, च्याम्हासिँह भएर सिद्ध पोखरी पुग्नेछ । त्यसपछि सिद्धपोखरीबाट सल्लाघारी, कोटेश्वर, ग्वार्को हुँदै मंगलबजार, पूल्चोक, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, बल्खुबाट किर्तिपुर पुगेर र्याली सभामा परिणत हुनेछ ।
र्याली अहिले ११ बजेबाट शुरु हुँदैछ ।





























प्रतिक्रिया