रौतहटमा अत्याधिक गर्मी, तापक्रम ४३ डिग्री पुग्यो

रौतहटमा अत्याधिक गर्मी, तापक्रम ४३ डिग्री पुग्यो

केन्द्रबिन्दु
0
Shares

रौतहट,

टन्टलापुर घामसँगै तातो हावा चल्न थालेपछि तराईको जनजीवन कष्टपुर्ण हुन थालेको छ । अत्याधिक गर्मीले रौतहटको जनजीवन प्रभावित बनेको हो ।

सदरमुकाम गौरको तापक्रम ४३ डिग्रीसम्म पुगेपछि स्थानीयको जनजीवन नै अस्तव्यस्त भएको छ । बिहान सबेरैबाट शुरु हुने गर्मीले गर्दा खास गरी ज्याला मजदुरी र खेती किसानी गर्नेहरु मारमा परेका छन् । गर्मीका कारण लु लाग्ने र बाटोमा मानिस बेहोस हुने जस्ता समस्यासमेत उत्पन्न भएको छ ।

अत्याधिक गर्मीले गर्दा सरकारी कार्यालयहरुमा सेवाग्राहीको संख्यामा कमी आएको छ। जिल्ला प्रशासन, मालपोत तथा अन्य सरकारी कार्यालयहरुमा समेत सेवाग्राहीको संख्या घटेको छ । अति आवश्यक काम बाहेकका बेलामा भने मानिसहरु घर बाहिर निस्कन छाडेका छन् । तापक्रम ४३ डिग्रीसम्म पुग्न थालेपछि अत्यावश्यक कामका लागी बाहेक अरु बेला स्थानीयहरु दिउँसो घर बाहिर निस्कन छाडेका छन् । चर्को गर्मीका कारण दिउँसो सरकारी कार्यालयहरुमा आउने सेवाग्राहीको संख्या पातलिएको छ ।

अत्याधिक गर्मीका कारण गौर नगरपालिकाले नगरक्षेत्र भित्र रहेको सबै विद्यालयलाई अषाढ ६ गतेसम्म बिहान ६ः३० बजे देखि १०ः३० बजेसम्म मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।
नागरिकबाट

Logo