प्रधानमन्त्री र श्रृङ्खला खतिवडा केवलकारमा एक घण्टा अड्कीएपछि….

प्रधानमन्त्री र श्रृङ्खला खतिवडा केवलकारमा एक घण्टा अड्कीएपछि….


फ्रान्स,

बिगत एक सातादेखि युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली फ्रान्सको सामोनी क्षेत्र घुम्न जानेक्रममा झण्डै एक घण्टा केबलकारमा अड्किएका छन् । उनी युरोपको सबैभन्दा अग्लो हिमाल मो ब्लँ हेर्न र त्यहाँको स्की तथा उच्च हिमाली क्षेत्रको पर्वतारोहणको तालिम दिने इन्स्टिच्युटको अवलोकन गर्न पुगेका थिए । सो क्रममा उनी केबलकारमा एक घण्टा अड्किएका हुन् । फ्रान्सेली समाचार माध्यमका अनुसार २५०० मिटरको उचाइमा पुगेपछि उनी चढेको केबलकार अड्कीएको थियो ।

प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, २०१८ की मिस नेपाल श्रृङ्खला खतिवडा, मोब्लँ कम्पनीका प्रमुख सन्ञ्चालक अधिकृत माथ्यु देशाभान, ओत साभ्वा क्षेत्रका डेपुटी साभिय रोसेरेन, सामोनी नगरप्रमुख एरिक फुर्निय लगायत त्यस क्षेत्रका ब्यापारी, नगरपालिकाका अन्य अधिकारीहरु पनि केवलकारमा सँगै थिए ।

प्रधानमन्त्रीको टोली केबलकारमा अड्किएपछि मौसम खराब बनेको थियो । खराब मौसमका कारण केवलकार बन्द गर्नुपर्ने संकेत प्राविधिकहरुले दिएपछि प्रधानमन्त्रीको टोलीले त्यँही छलफल गरेर समय कटाएको थियो । प्रधानमन्त्रीको टोलीसँगै करिब ४० जना केबलकारमा अड्किएका थिए । केबलकारमा अड्किएपछि प्रधानमन्त्रीको जेनेभा फर्किने कार्यक्रम ढिलो भएको थियो ।

Logo