उप-सचिवको यस्तो कर्तुतः धम्की दिँदै, छोरी बलात्कार गर्दै

उप-सचिवको यस्तो कर्तुतः धम्की दिँदै, छोरी बलात्कार गर्दै


ललितपुर । आफ्नै छोरीलाई बलात्कारको प्रयास गर्ने एक उपसचिव पक्राउ परेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादव आफ्नै १८ वर्षीया छोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका हुन् ।

महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय यादवले छोरीलाई बारम्बार जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

आफ्नै घरको तेस्रो तल्लाको कोठामा यादवले विदेशतिर छोरीलाई करणी गर्छन नेपालमा पनि गर्दा केही हुँदैन भन्दै छोरीलाई करणी गर्दै आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए ।

घरमा कोही नभएको मौकामा यादवले १२ कक्षामा अध्ययनरत छोरीलाई आमा अहिले आउँदिन भन्दै जबरजस्ती करणी गर्दै आएको एसएसपी धानुकको भनाई छ । यादवले विगत ३-४ वर्षदेखि छोरीलाई डरधम्की दिँदै करणी गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ ।

बाबुले छोरीलाई करणी गर्दै आएको कुरा आमाले पनि थाहा पाएकी थिइन् । आमाले पनि उक्त घटना आफ्नै घरभित्रको भन्दै श्रीमानलाई चेतावनी दिँदै लुकाएकी थिईन् ।

त्यतिबेला आमाले घटनाबारे सत्यतथ्य लुकाएर राखेपनि श्रीमानले त्यस्तो हर्कत गर्न नछाडेपछि गत जेठ १९ गते आमा छोरी दुवै मिलेर प्रहरीमा उजुरी दिएका हुन् । किशोरीले गत जेठ १९ गते बाबुले आफूलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि यादवलाई पक्राउ गरिएको हो ।

Logo