मुग्लिन सडकखण्ड बिहानैदेखि अवरुद्ध

मुग्लिन सडकखण्ड बिहानैदेखि अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

मुग्लिन सडकखण्डमा आज बिहानैदेखि सडक अवरुद्ध भएको छ । चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेपछि सडक अबरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ३ः३० बजे पहिरो खसेको थियो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएपछि सयौँ सवारीसाधन जाममा रोकिएका छन् ।

Logo