काठमाडौं । आईतबार दिउँसो काठमाडौंको सुकेधारा र घट्टेकुलोमा बम विस्फोट हुँदा चार जनाको ज्यान गएको छ । सुकेधारामा तीन जना र घट्टेकुलोमा एक जनाको मृत्यु भएको हो । विस्फोटमा परी ५ जना घाईते भएका छन् ।
सुकेधार विस्फोठमा परी कालिकोटका २८ वर्षीय विभु राम विक भनेर चिनिने दिपेन बिक, ४०र४५ वर्षका निरन्तर मल्ल र दाङको बबई नगरपालिकाका ३२र३३ वर्षका गोकुल रानामगर रहेको प्रहरीले जनाएको छ । उनीहरुको आईतबार पहिचान हुन सकेको थिएन् । त्यस्तै घट्टेकुलो विस्फोटमा परी बझाङ जयपृथ्बी नगरपालिका–१ कैलाशका २७ वर्षीय प्रज्वल शाहीको मृत्यु भएको हो । उनी विप्लवका विद्यार्थी नेता हुन् । घट्टेकुलोमा रविन केसी घाइते भएका थिए ।
दुवै ठाउँमा सोमबार आयोजित नेपाल बन्दको पूर्वसन्ध्यामा उनीहरुले बम बनाईरहेका थिए । बम बनाउँदा बनाउँदै पड्किएर उक्त घटना भएको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया