३५ हजार घुससहित नासु र अधिकृत रंगेहात पक्राउ

३५ हजार घुससहित नासु र अधिकृत रंगेहात पक्राउ

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले व्यवसायिक तथा शीप विकाश तालिम केन्द्र, भद्रपुर झापाका नायव सुब्बा राजकुमार धिमाललाई पक्राउ गरेको छ।

तालिम कार्यक्रम सञ्चालन गरेबापत भुक्तानी दिनका लागि लिएको ३५ हजार रुपैया घुससहित उनलाई नियन्त्रमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। उनलाई कार्यालयकै परिसरबाट नियन्त्रणमा लिइएको हो। 

घुस लेनदेनमा  संलग्न सोही कार्यालयका शाखा अधिकृत सुमिन्द्र मण्डललाई पनि नियन्त्रणमा लिइएको छ ।

Logo